प्रधानसेनापतिद्वारा सिग्देल र भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापतिद्वारा सिग्देल र भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान


१८ आश्विन २०७६, शनिबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति भएका गोकुल भण्डारी र अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रीपरिषद्को मिति २०७६ आश्विन १७ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका निरिक्षणाधिकृतको कार्यालयका सहायक रथी अशोक राज सिग्देल र श्री पश्चिम पृतना हेड क्वाटरका सहायक रथी गोकुल भण्डारीलाई शनिवार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नति भएका उप रथी सिग्देललाई निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई पश्चिम पृतना हेड क्वाटरको कार्यालयमा पृतनापतिको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस