काठमाडौँ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ ।
कार्की विमानस्थलकै ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले बुधवार राती कुटपिट गरेका हुन।
रमाइलोका लागि पार्टीको तयारी गरिरहेका बेला एक्कासि कुटेको कार्कीले बताएका छन् । उनीहरूले हिजो दिउँसैदेखि रक्सी खाएको समेत उनले बताए ।
बोतल र रडले टाउकोमा हानेपछि आफू बेहोस भएको बताएका छन् । एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले कुटेको उनको आरोप छ ।







