बाबुरामले महरालाई सोधे-यही हो महिलामुक्ति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाबुरामले महरालाई सोधे-यही हो महिलामुक्ति ?


१६ आश्विन २०७६, बिहिबार


काठमाडौँ । नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराको यौन दुर्व्यवहार काण्डबारे समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– सत्ता शक्तिको धाकमा एउटा पुरुषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएररधम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! पर पुरूषगमन गरेबापत अर्को पुरुष र लोग्नेले घर निकाला गर्ने ! यो राम-रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिला मुक्तिरसांस्कृतिक क्रान्ति, कणहरू ?

महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनी शाहीले २४ घण्टा नबित्दै बयान फेरेको प्रसङ्गलाई लिएर डा. भट्टराईले सत्ता शक्तिको आडमा धम्क्याएर फकाएर कुरा फेर्न लगाएर युटर्न गराउने र आफ्नो टाउको बचाउने महरा प्रवृत्तिमाथि प्रहार गरेका हुन्।

बिहीबार बिहान रोशनी शाहीका श्रीमान् चित्रजंग शाहीले आफूहरूबिच सम्बन्ध टाढिएको र अलग अलग बस्ने निर्णय गरेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएको विषयमा पनि तिखो प्रहार गर्दै डा. भट्टराईले एउटी महिलालाई परपुरुष गमन गरेबापत अर्को पुरुष–लोग्नेले घर निकाला गर्ने भन्दै प्रश्न गरेका छन् ।

सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने!भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने!परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने!यो राम-रावण                               द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म?यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति,कणहरू? pic.twitter.com/grMpNQWFSc

— Baburam Bhattarai (@brb1954) October 3, 2019

Tags :
प्रतिक्रिया दिनुहोस