प्रदेश प्रमुख र मुख्य मन्त्रीको आवास ललितपुरमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रमुख र मुख्य मन्त्रीको आवास ललितपुरमा


१३ आश्विन २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास शिलान्यास गर्दैछन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार ललितपुरको भैंसेपाटीमा सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास तथा सम्पर्क कार्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधा सम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ।

ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्ट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई तीव्रता दिइएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसका लागि १ अर्व ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस