भारतले प्याज निर्यात रोकेसँगै नेपालमा मुल्य आकासिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतले प्याज निर्यात रोकेसँगै नेपालमा मुल्य आकासिने


१३ आश्विन २०७६, सोमबार


काठमाडौँ । छिमेकी राष्ट्र भारतले देशभित्रको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि अभाव हुने देखिएकोछ ।

घरेलु बजारमा विक्रेतालाई बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेपछि प्याजको मुल्य आकासिने देखिन्छ । नेपालमा खपत हुने झण्डै ९८ प्रतिशत भारतीय प्याज रहेको छ ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो। काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस