नेकपाको चियापान असोज २९ मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाको चियापान असोज २९ मा


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।

नेकपाको सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए । पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस