सवारी दुर्घटनामा परी भारतमा १३ को मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सवारी दुर्घटनामा परी भारतमा १३ को मृत्यु


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


बस दुर्घटना

जोधपुर, भारत । भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये सात जना पुरुष, पाँच जना महिला र एक जना बच्चा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि जोधपुर ल्याइएको छ ।

जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थाहा पाउने वित्तिकै बालेसार प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको पनि जनाएको छ ।

‘हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार बालेसारका स्थानीय बासिन्दा श्रावण सिंहले नातेदार भेट्न आफ्नो परिवारका सदस्यहरुलाई लिएर जिपमा आउँदै थिए, त्यही जिप दुर्घटना भएको हो,’ एक प्रहरीले भने । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस