२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइने

अ+ अ-

कास्की । गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिनसक्ने व्यवस्थाअनुसार विभिन्न पक्षको मागअनुसार बिदाको निर्णय गरिएको उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य : गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमीन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए।

त्यसैगरी जनजागृति माध्यमिक विद्यालयमा गाभिएको पोखरा–१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमीन प्रदेशको सूचना प्रविधि उद्यान निर्माणका लागि उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा पर्वत मोदी गाउँपालिकाका जुद्धबहादुर गुरुङलाई सहसचिव सरह सेवा सुविधा हुने गरी पर्यटन वर्ष सन् २०१९ देखि २०२२ सम्म कार्य सञ्चालनका लागि संयोजक नियुक्त गर्ने निर्णय गरिएको छ ।