घानासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घानासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना


प्रशासन संवाददाता

९ आश्विन २०७६, बिहिबार


काठमाडौं । नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरबीच बिहिबार कुटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर भएको हो ।

नेपाल र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस