पाकिस्तानमा ५.८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा तीनको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानमा ५.८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा तीनको मृत्यु


७ आश्विन २०७६, मंगलबार


इस्लामावाद, । पूर्वी पाकिस्तानमा मङ्गलबार ५.८ रेक्टर स्केलको भूकम्प ग्एको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मिरपूरबाट करिब २२ किलोमिटरमा रहेको ग्रामिण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

भूकम्पका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका र कसैको मृत्यु नभएको प्रधानमन्त्रीको कार्यालयले दिएको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

त्यस्तै, भूकम्पका कारण समाचार तयार पार्दासम्म तीनको मृत्यु भएको र करिब ७० जना घाइते भएका गृहमन्त्री साइदुर रेहमान कुरेशीले पाकिस्तानी विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई उद्धृत गरी एएफपीलाई जानकारी दिए ।

एक प्रत्यक्षदर्शीका अनुसार भूकम्पका कारण काश्मिरमा एउटा घर भत्केको छ भने कैयौँ घरमा आंशिक क्षति भएकोे छ । भूकम्पबाट भएको क्षतिबारे थप जानकारी लिने काम भैरहेको उल्लेख पाकिस्तानी अधिकारीले गरेका छन् ।

भूकम्पको केन्द्रविन्दु रहेको मिरपुरमा सबैभन्दा बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख गरिएको छ । उद्धार गरिएका सबै घाइतेलाई स्थानीय अस्पतामा उपचारका लागि पठाइसकिएको छ भने सरकारले उक्त क्षेत्रमा सेनासहितको टोलीलाई उद्धारका लागि पठाएको छ ।

भूकम्प र त्यसपछि पराकम्पन आउनसक्ने भयका कारण हजारौँ पाकिस्तानीहरू घर छोडेर खुला आकासमुनि सडक र खाली जमिनमा भेला भएका छन् ।

झड्का पाकिस्तानको पञ्जाव तथा ख्यबर पाक्थुङ्ख्याका केही भागमा प्रष्ट महशुस गरिएको छ । यस्तै भूकम्पको झड्का भारती सीमा क्षेत्रका साथै राजधानी दिल्लीमा पनि महशुस गरिएको छ ।

भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूलाई क्षति पुगेको बताइएको छ । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस