मासुको सन्देशमा गाईको तस्वीर छापिएपछि पशु सेवा विभागले माग्यो माफी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मासुको सन्देशमा गाईको तस्वीर छापिएपछि पशु सेवा विभागले माग्यो माफी


७ आश्विन २०७६, मंगलबार


काठमाडौं । पशु सेवा विभागले ‘बधशालादेखि भान्सासम्म स्वच्छ र सफा मासु’ भन्ने नारा लिएर छपाएको सन्देशमूलक पोस्टरमा गाईको तस्वीर छापिनुमा गल्ती भएको भन्दै माफी मागेको छ ।

पशुपन्छीजन्य उत्पादनको प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउन भन्दै छपाएको पोस्टरमा गल्ती भएको भन्दै विभागले मंगलवार माफी मागेको हो ।

पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाले बा२झ ३८११ नम्बरको मोबाइल भ्यानमा राखेको पोस्टरमध्ये एउटा पोस्टरमा गाईको तस्वीर भूलबस छापिएको जनाएको थियो ।

पोस्टरमा माछामासु, खसी लगायतका पशुपक्षीको तस्वीर राखिएको छ । जसमा गाईको पनि तस्वीर छापिएको छ ।

मासु प्रयोजनको सन्देशमा गाईको तस्वीर छापिएपछि सर्वत्र आलोचना भइरहेको छ । गाईको तस्वीर भूलबस छापिएको र अहिले हटाइसकेको पशु सेवा विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस