नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित


५ आश्विन २०७६, आइतबार


काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलएपिएफ ० को मैदानमा आज भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हारसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ ।

यससँगै दुई खेल खेलेको नेपालको एक अङ्क मात्र छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै जीतसँगै भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले एक खेलमा तीन अङ्क जोडेको छ । खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । नेपालले खेलको ३७औँ मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा यशी दोर्जीले गोल गर्दै भुटानलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको ८६औँ मिनेटमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । नेपालका विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि भुटानले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ९०औँ मिनेटमा कर्मा सोनामले गोल गर्दै भुटानलाई ३–० को जीत दिलाए । यही असोज ७ गते हुने समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई चार गोलभन्दा बढीको अन्तरले पराजित गरेमा नेपाल सेमिफाइलमा पुग्नेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस