संसदमा प्रधानमन्त्रीको संबोधन अन्तिम समयमा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदमा प्रधानमन्त्रीको संबोधन अन्तिम समयमा स्थगित


२ आश्विन २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले संसदमा गर्न लागेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा सम्बोधन स्थगित भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने सूचना दिएको थियो । प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगितबारे सोध्दा प्रधानमनत्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार संविधान दिवस परेको र त्यही दिन बोल्ने भएकाले आजको सम्बोधन स्थगित भएको जवाफ दिए ।

प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसका अवसरमा टुँडिखेलमा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । ओलीको सट्टा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने अर्यालले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस