शिक्षक सरुवामा हस्तक्षेप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षक सरुवामा हस्तक्षेप


१ आश्विन २०७६, बुधबार


झापा । प्रदेश नं १ मा पहिलोपटक झापाको हल्दिबारी गाउँपालिकाले १३ शिक्षकलाई आठ दिनअघि अन्तरविद्यालयमा सरुवा गरेको विषयमा जिल्ला शिक्षा समन्वय एकाइ समितिले हस्तक्षेप गरेको छ ।

समितिले गाउँपालिकाका मातहतका विद्यालयलाई मङ्गलबार पत्राचार गरेर गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न, शिक्षकलाई रमाना नदिन र सरुवा भएको विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ । गाउँपालिकाले जिल्ला समितिको पत्राचारलाई हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहलाई संविधानले दिएको अधिकारबमोजिम गरिएको शिक्षक सरुवा जायज र कानूनसम्मत भएको बताए । जिल्लाको पत्राचार आएपछि गाउँपालिका अध्यक्ष लिङ्देन र उपाध्यक्ष डम्बर गिरीले मङ्गलबार विज्ञप्ति जारी गरी गाउँसभाबाट पारित शिक्षा ऐनबमोजिम गरिएको शिक्षक सरुवाको निर्णयबाट पछि नहट्ने जनाएका छन् । गाउँ कार्यपालिकाको भदौ २३ गते बसेको बैठकले १३ शिक्षकलाई अन्तरविद्यालयमा सरुवा गरेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस