२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पोर्चुगलका चोकचोकमा ‘रेशम फिरिरी…’

अ+ अ-

लिस्बन । ‘रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी’
झण्डै आधा शताब्दीअघि बुद्धि परियारको शब्द र लय सङ्कलनमा तयार पारिएको गीत नेपालीभन्दा विदेशी मनमा बढी चिरपरिचित छ । यो गीत परियारको व्यक्तिगत परिचय मात्र दिएन, परदेश र परदेशीहरुमा नेपाली गीतसङ्गीतको राष्ट्रिय परिचय नै बन्यो । आजभोलि यस गीतको धून र शब्दले युरोपेली मुलुक पोर्चुगलको सडक र चोकमा दिनहुँ स्थान पाएको छ ।

झापा धर्मपुर घर भई हाल पोर्चुगल बस्दै आएका दिलसाङ लामा लिस्बनको व्यस्त र सधैंँ पर्यटकको घुइँचो लाग्ने आन्जुस, मार्तिमुनिज, कास्काइस जस्ता ठाउँमा एकैसाथ घाँटीमा गितारको फिता, मुखमा बेन्जु बाजाबाट रेशम फिरिरीका साथै ‘यो नेपाली शिर उचाली’ लगायत नारायणगोपाल, प्रेमध्वज प्रधान, धर्मराज थापालगायत विभिन्न सष्टाका कालजयी गीत, धुन र शब्द पस्कने गर्छन् । राष्ट्रिय भावनाले ओतप्रोत गीत उनको पहिलो प्राथमिकतामा छन् ।

झमक्क साँझ शुरु हुनै लाग्दा युरोपको एउटा अति व्यस्त शहरमा आफ्नो काम सकेर घर फर्किएका वा बासस्थान दौडमा रहेकाहरु एकछिन टक्क बाध्य बन्छन् । लामा आफ्नै सुरमा मन्त्रमुग्ध बनाउने गरी गितारको धून निकाल्छन् र रेशम फिरिरी शुरु गर्छन् । जब मानिसहरु उनको कला र गलाको जादुले लठ्ठ पर्छन् अनि खुशी हुँदै प्रोत्साहनस्वरुप युरोमा सहयोग दिने गर्छन् र पोर्चुगिसमा भन्छन् ‘मुइतो बोउँ’ (धेरै राम्रो) । दैनिक दुईतीन घण्टा गीत र धून बजाउँदा करीब ५० युरो (नेपाली झण्डै रु छ हजार ) आम्दानी हुने गायक एवं सङ्गीतकार लामा बताउछन् ।

‘परिवारबाट टाढा हुँदा पनि आफूलाई बाँच्न र रम्न यही गीतसङ्गीतले सिकायो, जहाँ पुगे पनि यो छोड्न सकिएन ।’ सन् २०१७ मा पोर्चुगल आएका लामाको अहिलेसम्म पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रसमेत बनेको छैन । ‘परिवारको सम्झना र अत्यासले निकै सताउने भएकाले गीत र सङ्गीत नै मन बुझाउने र एक्लोपन हटाउने औषधि जस्तै भएको छ”, उनले भने । विसं २०५२ देखि गीतसङ्गीत क्षेत्रमा प्रवेश गरेका लामालाई सानो उमेरमा नै बुबाआमाको मुत्यु भएपछि पारिवारिक समस्याले आफ्नो गीतसङ्गीतको उद्देश्य पूरा नसकेको पीडा महसुस भइरहेको छ ।

गीतसङ्गीत क्षेत्रमा चर्चाको शिखरमा पुग्ने सपना देखेका उनी गीत रेकर्डिङ गरेर एल्बम निकाल्न लाग्ने झण्डै रु दुई लाख आफ्नो हैसियत नहुँदा त्यो सपना अहिलेसम्म अधुरै रहेको बताउछन् । ‘डाक्टर पाइलट ब्याण्डका क्रान्ति आलेसंँग मिलेर साँस्कृतिक कार्यक्रम गर्दै समूहमा हिँडे पनि आर्थिक स्थिति निकै कमजोर भएकाले चुल्हो बाल्नको लागि बिदेशिनु पर्यो । केही पैसा कमाउने, सक्षम हुने र सङ्गीत क्षेत्रमा भविष्य बनाउने सुन्दर सपना बुनेर सन् २००७ मा कतार वैदेशिक रोजगार सिलसिलामा पुगेंँ, गीतसङ्गीतलाई भुल्न सक्ने अवस्था र मनमष्तिष्क थिएन, त्यसैले कामको फुर्सदमा समूह जम्मा गर्ने र गीत गाउने गरेँ । ‘

गीतसङ्गीतमा नै लाग्ने सोचका साथ उनी सन् २०१० नेपाल फर्के। पारिवारिक समस्या ज्यूकात्यूँ थियोे । परिवारको सहयोग र साथ पनि रहेन, उनी भारत गए । एक वर्षको बसाइपछि पुनः नेपाल फर्के लगत्तै साउदी अरबमा वैदेशिक रोजगारका लागि पुगे । चार वर्षसम्म साउदीमा बिताएपछि फेरि फर्किएर पुरानै कर्ममा लागी गितार बोके ।

उनले फेरि युरोपको सपना देखे र सन् २०१७ मा पोर्चुगल आइपुगे । ‘ पोर्चुगल आउन रु छ लाख जति खर्च भयो, अहिले पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रका लागि संघर्ष गर्दैछु’, लामाले भने । उनी बिहान ११ बजेदेखि रेस्टुरेन्टमा काम गरी सकिएपछि थाकेको भए पनि गितार बोकेर आफ्नो गायन प्रस्तुत गर्न पुग्छन् ।

उनका लागि सङ्गीत नशा बन्यो, ठूल्ठूला स्टेजमा स्थान पाइँदैन, त्यसैले सडकमा गीत गाएर मन प्रफुल्ल पार्छन् ।’म नेपाली गीत मात्रै गाउँछु, विदेशी कर्म भूमिमा पनि आफ्नो जन्मभूमि र मातृभाषाको जगेर्ना गर्न हरदम लागिपरेको छु” ,लामाको दृढ विश्वास देखिन्छ । उनले उनको गीत र सङ्गीतमा बढो चाख दिएर विदेशीले सुन्ने र नाच्ने गरेका छन् ।

अझ पोर्चुगलमा नेपालीलाई माया गर्ने मान्छे भनेर चिनिने र नेपाली समुदायका प्रिय पात्र भिक्टोर बाजे उहाँको नेपाली गीतमा छमछम नाच्दा उनको झन् बलियो आत्मविश्वास बढेको छ ।

लामाले आफ्नो पहिलो गीत ‘उकाली ओराली धनकुटा बजार…’ रेकर्डिङ गरेका थिए । निकट भविष्यमा आफ्नो उद्देश्य पूरा गर्ने उनको ठूलो सपना जीवितै छ । सन् २०२० भित्र आफ्नी श्रीमती र छोरालाई पोर्चुगल भित्र्याएर आफ्नो गीतसङ्गीतको यात्रामा पोर्चुगलको नेपाली समुदायलाई पनि ल्याउने सोच उनको छ ।