२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से दोहोरो अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर २४६.३५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवारका आधारमा आज छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ८० लाख १९ हजार ९४५ बराबरको कारोवार भयो ।

यस्तै नेपाल बैंक रु एक करोड ७९ लाख ८३ हजार ३१६, सिटिजन बैंक रु एक करोड ४९ लाख ४४ हजार १९५, एनआइसी एशिया रु एक करोड १९ लाख ९५ हजार ४५५, सिद्धार्थ बैंक रु एक करोड १९ लाख २७ हजार ७९५, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड १२ लाख ३७ हजार ३८७ र शिवम् सिमेन्टको शेयर रु ९७ लाख ७० हजार ५३८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै घटेको बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २।९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।