२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी अभियानले परनिर्भर महिलाहरू उद्यमी भए : मन्त्री अर्याल

अ+ अ-

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेलेको बताएकी छन् ।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई आज (विहिबार) बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गरिन्। ‘सहकारी अभियानले गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ । अझ महिलाहरूलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको छु, मन्त्री अर्यालले भनिन्, ‘हिजो परनिर्भर बनेका महिलाहरु आज सहकारीका माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन् ।’

मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गरिन् । राज्यले संविधानमा नै आर्थिक विकासको तिन खम्बे अर्थनीतिमा सहकारीलाई उल्लेख गरेको भन्दै सहकारी क्षेत्रमार्फत सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न योगदान दिनुपर्ने मन्त्री अर्यालले बताइन् ।

सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने भन्दै उनले बढी भन्दा बढी सहकारीलाई ब्यवसायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड दिइन् । अब सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने भन्दै सबै मिलेर एकैपटक अगाडी बढ्नुपर्ने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान दिनुपर्छ ।’

उत्पादनमा जोडिनुस भन्दा उत्पादित वस्तु बिक्रिबितरणका निम्ती बजार खोइरु भन्ने प्रश्न आएको भन्दै मन्त्री अर्यालले त्यसैले मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) कार्यक्रम लागू गरेको बताइन् । अहिले काभ्रे सहित काठमाडौं आसपासका ६ जिल्लामा यो कार्यक्रम लागु भएको भन्दै अब गण्डकी प्रदेशमा विस्तार गर्ने योजनामा रहेको र त्यसैगरी देशैभरी सहकारी बजार विकास कार्यक्रम विस्तार गरिने बताइन् । ‘सहकारीको बजारीकरण मौलिक ढंगले अगाडि बढिरहेको छ । यसलाई मुलुकभर विस्तार गरेर कृषकको गुनासोलाई समेट्छौ’, उनले भनिन् ।

बचत तथा ऋण सम्बन्धी काम गर्ने सहकारी संस्थाहरू अत्यधिक भएका कारण मन्त्रालयले मर्जर अभियान सञ्चालन गरेको भन्दै उनले अब कृषिमा आधारित सहकारी संस्थामार्फत गाउँ गाउँमा कृषि खेती वृद्धि गरिने बताइन्।

मन्त्री अर्यालले सहकारीमार्फत ठूला उद्यम, फार्म खोल्नका निम्ती जग्गाको हदबन्दी बाधक भएको समस्यालाई समाधान गर्न भूमि ऐन संशोसन कार्य अगाडी बढाइएको बताइन् । उनले भनिन्, ‘उद्यमी बन्ने, ठूला फार्म खोल्नका निम्ति जग्गाको हदबन्दी नलाग्ने गरि हामी भूमि ऐन संशोधन गर्दैछौ । यसले सहकारी संस्थामार्फत ठूला उत्पादनजन्य काम गर्न सहज हुनेछ ।’

काभ्रे जिल्ला सहकारीमार्फत कृषि कार्य गर्ने नमुना जिल्लाको रूपमा स्थापित हुन सफल भएको भन्दै उनले बाँकी काममा पनि नमुना बनाउन लाग्न आग्रह गरिन् । आर्थिक हिसाबले, समृद्धि, रोजगारीको हिसाबले सम्भावना बोकेको जिल्ला काभ्रेलाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा विकास गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताइन्।

मन्त्री अर्यालले आफु सेवा प्रवाहसँग पनि जोडिएको भन्दै जमिनलाई छियाछिया पारेर पैसा कमाउने कार्यको अन्त्य गर्न खोजेको बताइन् । ‘धर्ती आमालाई छियाछिया पारेर पैसा कमाउने कुरा राम्रो होइन । त्यसलाई व्यवस्थापन गरेर फरक ढंगले प्रयोग गरेर उत्पादनमा लगाउने हो । यसैलाई व्यवस्थापन गर्न अहिले भूमि ऐन ल्याएका छौ’, मन्त्री अर्यालले भनिन्।

अधिकतम आफ्नो भूमि आफैंले प्रयोग गर्नेगरी अगाडी बढेको भन्दै अब विदेशिएका युवा नेपाल फर्काएर विदेशका युवा नेपाल ल्याउने अभियान सरकारको रहेको बताइन् । जग्गाको मालिकले कमाउन नसकेको जमिन सरकारले स्थापना गरेको भूमि बैंकमा राख्‍ने र त्यसलाई सरकारले विभिन्न उत्पादनजन्य कार्यमा लगाउनेगरी भूमि बैंकको कन्सेप्ट अगाडी बढाउको मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘सबै पालिकामा भूमि बैंक बनाउने योजना अनुसार भूउपयोग ऐन अगाडि बढाएका छौ ।’कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी अभियान समृद्धिको अभियान भएको भन्दै यसलाई सबैले अझ राम्रो बनाउन लाग्नुपर्ने बताए ।