बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकाका इन्जिनियर पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकाका इन्जिनियर पक्राउ


२५ भाद्र २०७६, बुधबार


जबर्जस्ती करणी

बैतडी । बलात्कारको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । मंगलबार साँझ मेलौली नगरपालिकाका २७ वर्षीय इन्जिनियर रोशन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमवार किशोरीलाई ललाईफकाई डडेल्धुरा लगि जवरजस्तीकरणी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका लागि पक्राउ गरेको र किशोरीको स्वास्थ्य परिक्षण भइरहेको छ । घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानको लागी डडेल्धुरा पठाउने तयारी छ।

सब इन्जिनियर पढ्दै गरेकी किशोरी मेलौली नगरपालिकामा ओजेटी गर्दै आएकी बताईएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस