आर्मीका भगौडा, रेस्टुरेन्ट संचालकदेखि विप्लवका कार्यकर्तासम्म लुटपाटमा संलग्न « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

आर्मीका भगौडा, रेस्टुरेन्ट संचालकदेखि विप्लवका कार्यकर्तासम्म लुटपाटमा संलग्न


२२ भाद्र २०७६, आइतबार


काठमाडौं । प्रहरीले लुटपाटमा संलग्नको आशंकमा शनिबार बालाजु माछापोखरीबाट पक्राउ गरेका ८ जनामा विप्लव समूहका कार्यकर्ता पनि रहेका छन् ।

शनिबार हतियारसहित पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता रसुवाका योर्साङ घले पनि रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

त्यस्तै पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा कुशल अधिकारी पनि रहेका छन् । हाल हाइ रेष्टुरेन्ट एन्ड डान्सबारका सञ्चालक रहेका उनी गोरखाका हुन् ।

पक्राउ पर्ने अन्यमा रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् । उनीहरुको साथबाट दुईवटा चाइनिज पेस्तोल, दुईवटा म्याग्जिन र चार राउण्ड गोली र एक किलो सुन प्रहरीले बरामद गरेको परिसरका एसपी अशोक सिंहले बताए ।

उनीहरु रसुवा नाकाबाट अवैध रुपमा ल्याएको सुन लुट्ने योजनामा रहेको प्रहरीको आशंका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस