राजस्व चुहावट नियन्त्रणसम्बन्धी विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजस्व चुहावट नियन्त्रणसम्बन्धी विधेयक पारित


२२ भाद्र २०७६, आइतबार


काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भनी गरेकोे प्रस्तावलाई बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।

यसअघि प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको प्रतिवेदनमा उल्लेखित विधेयकका १ देखि १४ सम्मका संशोधनका बुँदालाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले कानुनले अपराधको प्रकृति हेरेर दण्ड, सँजाय र न्याय दिने भएकाले कानुनले सबैलाई समान व्यवहार गर्नेमा ढुक्क रहने आग्रह गरे ।

उनले राजश्व चुहावट नहोस् भन्ने तर्फ तिनै तहको सरकारले ध्यान दिनुपर्ने भन्दै उनले सरकार व्यवसायीको सिल्पिङ्ग पार्टनर नभएको स्पष्ट पारे । उनले भने, ‘सरकार व्यवसायीको लागि प्रर्वद्धक हो । सहयोगी हो । नियमक हो । सिल्पिङ्ग पार्टनरचाँही होइन । सरकारले सहयोग गर्छ व्यवसाय गर्नेलाई । उत्साहित गर्छ । प्रोत्साहित गर्छ ।’ उनले राजश्व चुहावट दुवै तर्फबाट हुन सक्ने भएकाले राजश्व प्रशासनका कर्मचारीलाई पनि राजश्व तिर्ने व्यक्ति सरह नै जिम्मेवार बनाइएको तथा कसैलाई पनि दण्डहिनता र उन्मुक्तिको स्थिति विधेयकमा नरहेको स्पष्ट पारेका थिए ।

सीमावर्ती क्षेत्रको सवारी साधनको व्यापारका बारेमा सांसदहरुले राखेको जिज्ञासामा उनले शुल्क मात्रै तिरेर ल्याएका आयातित विदेशी सवारी साधन र भन्सार तथा मूल्य अभविृद्धि कर तिरेर ल्याएका नेपाली सवारी साधनले प्रतिष्पर्धा गर्न नसक्ने र केही शुल्क तिरेकै आधारमा बर्ष भरी नेपालभरी सवारी साधन चलाउन दिन नसकिने बताए । उनले एनसेल करका सम्बन्धमा भने अदालतको आदेशअनुसार नै सरकारले कर उठाउने स्पष्ट पारे । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस