विशेष कार्यक्रमसहित निजामती दिवस मनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विशेष कार्यक्रमसहित निजामती दिवस मनाइँदै


प्रशासन विशेष ब्युरो

२२ भाद्र २०७६, आइतबार


काठमाडौँ । आज भाद्र २२ गते निजामती कर्मचारीहरूले १६ औँ निजामती सेवा दिवस देशभर भव्यरुपमा मनाइँदै छ।

‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन लागिएको हो ।

२०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन(भदौ २२) गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिँदै आएको छ ।

निजामती सेवा दिवसको अवसर पारेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा आज दिउँसो ४ बजे विशेष कार्यक्रमको आयोजना गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस