स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली


२० भाद्र २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

१५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर शुक्रबार थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।

 १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए। अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस