दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल


१८ भाद्र २०७६, बुधबार


काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।

बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।

क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको हो ।

सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यकाअनुसार उक्त जहाज आज बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस