प्रधानमन्त्री भेट्न सिंगापुर उडे नेकपा महासचिव पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री भेट्न सिंगापुर उडे नेकपा महासचिव पौडेल


१७ भाद्र २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् ।

पौडेलले सिंगापुर उड्नुअघि आफु ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन जानु लागेको र फर्किदाँ प्रधानमन्त्रीसँगै फर्किने जानकारी दिए ।

प्रधानमन्त्रीको सातौं अर्थात अन्तिम चरणको उपचार प्लाज्मा फेरेसिस प्रक्रियाबाट बुधवार सकिने भएको र प्रधानमन्त्री भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस