कश्मीरमा भारतीय सेना आएर यातना दिएको गाउँलेहरुको आरोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कश्मीरमा भारतीय सेना आएर यातना दिएको गाउँलेहरुको आरोप


प्रशासन संवाददाता

१३ भाद्र २०७६, शुक्रबार


काठमाडौं । कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँलेहरुको भनाइ छ ।

कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बताएका छन। भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । कश्मीरको स्वायत्तता खोसिएपछि त्यहाँ सुरक्षाकर्मीको तैनाथी अत्याधिक पारिएको छ । सञ्चार सुविधा अधिकांश रुपले बिच्छेद गरिएको छ।

सरकारी निर्णयको विरोधमा आएकाहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले कुटपिट तथा गम्भीर यातना दिएको आरोप लागेको हो । सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई कुटपिट गरेको आरोप छ । धेरै स्थानीय बासिन्दाले आफूहरुलाई लौरी तथा तारले कुटेको तथा इलेक्ट्रिक सक दिएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस