मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित


१३ भाद्र २०७६, शुक्रबार


एजेन्सी । नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो ।

उनले बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी र पोचुर्गल तथा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

डायकले यो सिजन लिभरपुलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए । डायकले ‘युईएफए डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् ।

यी अवार्ड युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा प्रदान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस