२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

अ+ अ-

बझाङ । छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ ।

छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भने, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ ।” छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएकोे उनेले बताए ।

महीनावारी भएको बेला अधिकांश किशोरी विद्यालय आउन अप्ठेरो मान्ने गरेको उपप्रमुख जोशीले बताए । “महीनावारीका बेला भोग्नुपरेको समस्या थाहा छ, मैले एटिएम शौचालयको समाचारमा पढेर आफूले पनि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने सोचका साथ काम गरेकी हूँ”, उनले विगत सम्झँदै भने ।

एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने शुरु गरिसकेको जोशीले बताए । महीनावारी हुने ५० छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनिटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले बताए।

एटिएम कार्ड वितरण गर्दै उनले महीनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्नका लागि गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिने बताए।

विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द सिंहले बताए। विद्यालयले प्याड खरीद गर्न महङ्गो हुने भएका कारण प्याड बनाउने तालीमसमेत दिइसकेको र अझै पुनर्ताजगी तालीम दिई अब आउँदा दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताए । रासस