शिक्षक ‘लाइसेन्स’मा गलत फारम भरिएको भए सच्याउन मिल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षक ‘लाइसेन्स’मा गलत फारम भरिएको भए सच्याउन मिल्ने


८ भाद्र २०७६, आइतबार


काठमाडौं । शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम गलत भरिएको भए सच्याउने अवसर दिएको छ ।

पहिलो पटक अनलाइन प्रणालीका माध्यमबाट आवेदन फारम भर्ने सुविधा प्रदान गरेको आयोगले गलत भएका आवेदन सच्याउने अवसर दिएको हो ।

गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए। भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस