कर्मचारीतन्त्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीतन्त्र


भुवन ज्ञावाली

५ भाद्र २०७६, बिहिबार


प्रश्न. कर्मचारीतन्त्रको विकल्प खोजिनुपर्दछ भन्ने अवधारणाको विकास हुनुका कारणहरु उल्लेख गर्दै, कर्मचारीतन्त्रको विकल्प के कस्तो हुन सक्दछ तर्कपूर्ण उत्तर दिनुहोस् ।

कर्मचारीतन्त्रः

“Bureaucracy is an organizational structure that is characterized by many rules, standardized processes, procedures and requirements, number of desks, meticulous division of labor and responsibility, clear hierarchies and professional, almost impersonal interactions between employees”.

राज्यका अवधारणाहरुलाई नीति तथा कार्यक्रममा ढाल्न सहयोग गर्ने र त्यस्ता नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने राज्यको स्थायी प्रशासनिक संयन्त्र नै कर्मचारीतन्त्र हो ।

  • कर्मचारीहरु Selected Officials हुन्, जसले Elected Officials लाई सहयोग गर्ने र जनहित र कल्याणका लागि सेवा प्रवाह गर्ने भूमिका निर्वाह गर्दछ ।

समय समयमा कर्मचारीतन्त्रको विकल्प खोजिनु पर्दछ भन्ने विषयमा विभिन्न धारणाहरु पनि बाहिर आउने गरेको पाईन्छ । यसका कारणहरु देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • कर्मचारीतन्त्र परम्परावादी हुनु, नयाँपनसँग Adopt हुन नसक्नु,
  • कसले कसरी सेवा प्रवाह गरीरहेको छ भन्ने कुरा कर्मचारीतन्त्रले पारदर्शी बनाउन नसक्नु,
  • प्रशासन संयन्त्र प्रक्रियामुखी झन्झटिलो रहनु,
  • अधिकार प्रत्यायोजन गर्न नचाहाने प्रवृत्ति बढ्नु,
  • सेवाप्रवाह गर्ने नभइ शासन गर्ने मानसिकताबाट प्रेरित,
  • Output/Outcome लाई महत्व दिने परिपाटीको विकास नहुनु,
  • Globalization मा IT Sector को प्रयोग गर्न नसकिनु,
  • Selected भनिए पनि मनोवृत्ती भ्रष्ट्राचार र नैतिकतामा कमजोर रहनु,
  • आदर्श प्रणाली रहेको मान्यतालाई अंगिकार गर्न नसक्नु,
  • सकारले सबै नयाँ Agencies हरुलाई कार्य दिनुपर्छ भन्ने मान्यताको विकास हुनु,

कर्मचारीतन्त्रको विकल्पः

निजीकरण, विकेन्द्रीकरण, सार्वजनिक-निजी साझेदारी, परामर्श सेवा जस्ता नयाँ अवधारणाहरू आए, तर जति नयाँ र फरक अवधारणाहरू आएतापनी कर्मचारीतन्त्र सुध्रिन सकेन जसको परिणामस्वरुप कर्मचारीतन्त्रको विकल्पको खोजी निरन्तर चलिरह्यो तर कुनै पनि आधारमा यसको विकल्प खोज्न सकिँदैन त्यसैले यसमा व्यापक व्यवस्थित सुधाको जरुरी छ । यसको विकल्प देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • संगठित स्वायत्त संस्थाको स्थापनामा जोड,
  • विभिन्न कार्यक्रमहरुलाई बढिभन्दा बढी Private Sector मा हस्तान्तरण,
  • NGO/INGO हरुसँग सहसम्बन्ध कायम गर्ने,
  • Sub national governance लाई हस्तान्तरण गर्ने,
  • कामको हस्तान्तरण र वितरण कार्यलाई प्रभावकारी बनाउने,
  • व्यवसायिकताको विकास गर्ने,
  • सकारको सेवाको निजीकरण गर्ने,
  • NPM र NPS को सिमान्तहरुको अधिकतम प्रयोग गर्ने,
  • PPP को अवधारणालाई कार्यान्वयन गर्ने,
  • फराकिलो पदसोपानको व्यवस्था, स्थानीय स्वायत्त सरकार र विकेन्द्रीकरण र वजारको विविधीकरणमा जोड दिनुपर्दछ । 

उपसंहारः

कर्मचारीतन्त्र स्थायी सरकार हो, कर्मचारीतन्त्रलाई पूर्णरुपमा विस्थापन नै गर्न सकिने अवस्था भने छैन । त्यैसले यसको क्रमिक सुधार गरी कर्मचारीतन्त्रमा पारदर्शीता, उत्तरदायिता, व्यवसायिकता र जवाफदेहिता  अभिवृद्धि गरी सुशासन कायम गर्न सक्नु नै उत्तम विकल्प हुन्छ ।

प्रतिक्रिया दिनुहोस