बालुवाटारमा सुरू भयो सर्बदलीय बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालुवाटारमा सुरू भयो सर्बदलीय बैठक


३ भाद्र २०७६, मंगलबार


काठमाडौं । सर्बदलीय बैठक बालुवाटारमा सुरु भएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिश्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् ।

यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागीछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस