नेकपा प्रदेश २ अध्यक्षले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा प्रदेश २ अध्यक्षले दिए राजीनामा


३ भाद्र २०७६, मंगलबार


काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्ष पदबाट राजीनामा दिएका छन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि असन्तुष्ट भएका नेता शाहले राजीनामा दिएका हुन् ।

उनी प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए ।

प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस