२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर

अ+ अ-

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नं ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन ।

आर्थिक अवस्था निकै कमजोर रहेकाले उनले आफ्नै लगानीमा घर बनाउन सकेका थिएन । विसं २०७२ को भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन । साँझ–बिहान के खाऊ भन्ने समस्या रहेको दम्पतीलाई सरकारी मापदण्डअनुसार घर निर्माणकार्यले चिन्तित बनाइरहेको थियो ।

सरकारी मापदण्डमा घर बन्न नसक्दा झनै जोखिमको अवस्था रहेकाले गाउँपालिकाले घर बनाउन सहयोग गरेको हो । गाउँपालिकाले घरका लागि कर्कटपाता र कामदार सहयोग गरेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । कामीले नयाँ घर बनेपछि पहिलाको जसरी पानी परेका बेला कता जाने भन्ने चिन्ता हटेको बताए ।

गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानराम पन्थीले आर्थिकरूपमा विपन्न समुदायका वृद्ध दम्पतीको बसोबासका लागि एक लाख ६० हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार परिचालन गरी एकतले घर निर्माण गरिएको जानकारी दिए ।

कामीको सामाजिक सुरक्षाभत्ता नियमित आम्दानी हो । आम्दानीका नाममा भत्ताबाहेक अरु केही छैन । चैमासिक रूपमा आठ हजार मात्र आम्दानी हुन्छ । उमेरले ७५ नाघेका कामीकी श्रीमती पूर्णकला पनि ६५ वर्ष पुगिन् । केही श्रम गरी दुई÷चार पैसा कमाउन निकै कष्ट छ । उनका तीन छोरा र एक छोरी छन् । उनीहरुको विवाह भइसकेको छ । उनहरुको साथमा अहिले कोही पनि सन्तान बस्दैनन् । वृद्ध दम्पती गाउँपालिकाले बनाइदिएको दुईकोठे नयाँ घरमा बस्न पाउँदा उत्साहित छन् । रासस