समायोजनमा स्वास्थ्यको लाचारी : जहिल्यै सूचना निकाल्दै, टार्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समायोजनमा स्वास्थ्यको लाचारी : जहिल्यै सूचना निकाल्दै, टार्दै


२ भाद्र २०७६, सोमबार


काठमाडौँ । कर्मचारी समायोजनको औपचारिक समायोजन भएको पनि ६ महिना पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत १४ गते समायोजन सम्पन्न भएको औपचारिक घोषणा गरेसँगै समायोजन टुङ्गियो भनिएपनि स्वास्थ्य मन्त्रालयले भने अझै समायोजन सम्बन्धी कार्य भइरहेको जनाउँदै सूचनाहरू जारी गर्दै आएको छ ।

सङ्घीय संरचना अनुसार कर्मचारी समायोजनको काम अगाडि बढाइरहेको भन्दै सोमबार मन्त्रालयले पुनः नयाँ सूचना सार्वजनिक गरेको छ।

कछुवाको चालमा समायोजन गर्दै आएको मन्त्रालयले कर्मचारीलाई वर्षात र विपद्को समयमा खटिएको स्थानमा नै काम गर्न स्मरण गराउँदै भनेको छ समायोजन तथा पदस्थापन सम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखी कार्य अगाडी बढाई रहेको सन्दर्भमा यस वर्षात तथा विपद्को समयमा खटिएको तत् तत् स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीहरूलाई पुनः यसै सूचनाद्वारा स्मरण गराउँदछौँ

हरेक पटक सूचना निकाल्दै यथाशीघ्र काम भइरहेको, उच्च प्राथमिकतामा राखेको, छिटो साधनद्वारा कर्मचारी कार्यरत स्थानमा नै पुग्ने गरी समायोजन पत्र पठाउने तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गरिने भएकोले तत् तत् स्थानमा सेवा प्रवाह गर्ने कार्यमा लागिरहन भनेको छ । मन्त्रालयको यो चौथो सूचना हो ।

हेर्नुहोस् सूचनाहरु

Tags :
प्रतिक्रिया दिनुहोस