सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४


राजेन्द्र ढुंगाना

२ भाद्र २०७६, सोमबार


सार्वजनिक खरिद ऐन २०६३

सार्वजनिक खरिदका उद्देश्य
• सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयलाई अझ बढी खुल्ला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउने ,
• खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमानदारिता, जवाफदेहीता र विश्वसनीयता प्रवद्र्घन गर्नु,
• समयसिमा भित्रै खरिद गर्नु,
• उपयुक्त लागतमा खरिद गरी मितव्ययिता कायम गर्नु,
• निर्धारित गुणस्तर कायम गर्नु,
• आवश्यक तथा उपयुक्त परिमाणमा मात्र खरिद गर्नु

सार्वजनिक खरिद
• सामान्यतया खरिद भन्नाले खरिद आवश्यकताको पहिचान गरी खरिद गर्ने र सोको प्रतिवेदन गर्ने साथै मर्मत सम्भार समेतका कार्यलाई वुझाउँछ ।
• सार्वजनिक खरिद ऐन २०६३ मा उल्लेख भएबमोजिम मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्यलाई सार्वजनिक खरिद भनेर परिभाषा गरिएको छ ।

बोलपत्र
सार्वजनिक निकायले खरिदका लागि प्रकाशन गरेको सूचना अनुरुप सो निकायले तोकेको ढाँचामा बोलपत्रदाताले पेश गरेको मूल्य खुल्ने कागजात, प्रस्ताव वा दररेटलाई बुझाउँछ ।

जमानत
• कुनै काम टुँगो नलागेसम्म सुरक्षण बापत राखिएको सुरक्षण जमानत रकम (रिटेन्सन मनि वा अर्नेष्ट मनि),
• बोलपत्र जमानत वा कार्य सम्पादन जमानत र
• अन्य कुनै कारणले सुरक्षण राख्नु पर्नेमा सो वापत राखिएको रकम ।

निर्माण कार्य
• कुनै संरचना वा कुनै कुराको निर्माण, पुनः निर्माण गर्ने, भत्काउने, मर्मतसम्भार गर्ने वा जीर्णोद्धार गर्ने कार्यसँग सम्बन्धित निर्माणस्थल तयार गर्ने, खन्ने, ठड्याउने, बनाउने, उपकरण वा मालसामान जडान गर्ने वा सजाउने,

• नक्सा बनाउने, प्रयोगशाला परीक्षण गर्ने, भू—उपग्रहीय फोटो खिच्ने, भूकम्पीय परीक्षण गर्ने जस्ता निर्माण कार्यको सेवा

परामर्श सेवा
• कुनै अध्ययन, अनुसन्धान, सर्वेक्षण, डिजाइन, सुपरीवेक्षण, परीक्षण गर्ने काम ,
• सफ्टवेयरको विकास वा यस्तै प्रकृतिका अन्य बौद्धिक  वा पेसागत सेवा ।

अन्य सेवा
• सवारीसाधन, उपकरण वा मालसामान भाडामा लिने, ढुवानी गर्ने कार्य वा मालसामान मर्मत सम्भार गर्ने कार्य ।

खरिद विधिहरू
सार्वजनिक निकायले खरिद गर्दा तोकिए बमोजिको अवस्था र खरिद मूल्यको आधारमा देहायका २ वटा विधिहरू प्रयोग गरी खरिद गर्ने व्यवस्था छ ।

(क) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नु पर्दा अपनाउने विधिहरू
• अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी
• राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी
• सिलबन्दी दरभाउ पत्र आह्वान गरी
• सोझै खरिद गरी
• उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई
• अमानतबाट
• एकमुष्ट दर विधिबाट
• उत्पादक वा अधिकृत बिक्रेताद्घारा निर्धारित दरमा(Catlog Procurement) खरिद गर्ने विधिबाट
• सीमित बोलपत्रदाताले भाग लिने (Limited Tendering) खरिद विधिबाट
• नयाँ दिने पुरानो दिने (Buy Back Method)खरिद विधिबाट

(ख) परामर्श सेवा खरिद गर्नु पर्दा
 प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी
 सोझै वार्ताबाट

सार्वजनिक खरिद नियमावली २०६४

वहुवर्षिय सम्झौता
• एक वर्ष भन्दा बढी अवधि भएको सम्झौता

सिलन्दी दरभाउपत्र
• सार्वजनिक निकायको सूचना बमोजिम कुनै निर्माण कार्य गर्न वा मालसामान वा अन्य सेवा उपलब्ध गराउनका लागी इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सिलबन्दी खाम भित्र मूल्य समेत उल्लेख गरी पेस गरेको विवरण

कवोल अंक  (Bid Price )
• बोलपत्रको परीक्षणबाट कायम हुन आएको रकम

अमानत
• सार्वजनिक निकायले आफैंले गर्ने कुनै निर्माण कार्य

सरकारी कोष
• संघीय सञ्चित कोष
• प्रदेश सञ्चित कोष
• स्थानीय सञ्चित कोष र
• कानुन बमोजिम स्थापना भएका अन्य सरकारी कोष

खरिद मागमा उल्लेख हुनुपर्ने कुराहरु
• मालसमानको प्रकार,गुणस्तर र परिमाण सम्बन्धी विवरण
• मलसामान आवश्यक पर्ने समय
• खरिदको अनुमानित मूल्य र
• मूल्य व्यहोरिने स्रोत

वार्षिक खरिद योजनामा उल्लेख हुनुपर्ने कुराहरु
• खरिदको प्रकार सम्बन्धी विवरण
• खरिदको सम्भावित प्याकेज
• खरिद कारबाहीको समय तालिका
• खरिद विधि
• खरिदको लागि गरिने सम्झौताको किसिम
• सार्वजनिक खरिद अनुगमन कार्यालयले वार्षिक खरिद योजनामा समावेश गर्नु पर्ने भनि समय समयमा निर्धारणा गरेका कुराहरु

खरिद माहाशाखा, शाखा वा ईकाइको काम अथवा खरिद कार्य गर्ने सार्वजनिक निकायको काम
• खरिद गुरु योजना र वार्षिक खरिद योजान तयार गरी अद्मावधिक गर्ने
• खरिद कारवाहीसँग सम्बन्धित काममा समन्वय गर्ने
• खरिद माग सङ्कलन गरी स्वीकृतिको लागि अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्ने
• बोलपत्र वा प्रस्ताव खोल्ने समितिको संयोजक भई काम गर्ने
• खरिद कारबाहीको अभिलेख राख्ने
• म्याद थप, कार्यसम्पादन जमानत र प्रतितपत्रको अभिलेख राख्ने

घरभाडा निर्धारण समिति
सार्वजनिक निकायले भाडामा लिने घर जग्गाको भाडा निर्धारण गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको घर भाडा निर्धारण समिति रहने छ ।
• प्रमुख जिल्ला अधिकारी — अध्यक्ष
• प्रमुख, कोष तथा लेखा नियन्त्रक कर्यालय —सदस्य
• जिल्ला समन्वय समितिले तोकेको प्राविधिक —सदस्य
• घर जग्गा भाडामा लिने सार्वजनिक निकायको प्रमुख —सदस्य
• प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रसाशन कार्यालयको कर्मचारी —सदस्य (उपलब्ध  भएसम्म अधिकृत स्तर)

विषेश परिस्थिती
• सुख्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक वा दैवीप्रकोप,
• महामारी वा आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सिर्जित अवस्था र
• युद्द  र आन्तरिक द्वन्द जस्ता परिस्थिती

विषेश परिस्थितीमा खरिद गर्ने कार्यविधी वा व्यवस्था
विषेश परिस्थितीमा खरिद गर्दा देहायको कार्यविधी वा प्रक्रिया अवलम्बन गरी खरिद गर्नु पर्ने छ ।
• आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त, कार्य सम्पन्न गर्ने अवधी जस्ता विवरण तयार गर्ने,
• आकस्मिक परिस्थितीको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासंभव प्रतिस्पर्धा गराउने,
• प्रतिस्पर्धा गराउन सम्भव नभएमा एउटा मात्र निमाण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवाप्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्ने व्यवस्था छ ।

यसरी खरिद गर्दा देहायका कुराहरु खुल्नेगरी अभिलेख राख्नु पर्ने छ ।
• विषेश परिस्थिती सम्बन्धी विवरण
• तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने असर
• खरिदका अन्य विधि अपनाउन नसकिने कारण आधार

ररेट निर्धारण समिति
प्रत्येक जिल्लामा पूरै जिल्ला भरी वा जिल्लाको कुनै भागमा छुट्टै लागू हुने गरी निर्माण सामग्री र ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला निश्चित गर्न देहाय बमोजिमका सदस्यहरु रहेको दररेट निर्धारण समिति रहने छ ।
• प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
• जिल्ला समन्वय समितिले तोकेको जिल्ला समन्वय समितिको सदस्य एकजना – सदस्य
• जिल्ला समन्वय अधिकारी – सदस्य
• प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य
• प्रतिनिधि, नेपाल निर्माण व्यवसायी माहासंघ – सदस्य
• प्रतिनिधि, उद्मोग वाणिज्य संघ – सदस्य
• प्रमुख जिल्ला अधिकारीले तोकेको प्राविधिक कर्मचारी – सदस्य–सचिव

मौजुदा सूची(Stand List)
खरिद कार्यको प्रयोजनका लागि खरिदको प्रकृति अनुसार प्रत्येक सार्वजनिक निकायले प्रत्येक वर्ष आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकको सार्वजनिकरुपमा आवेदन माग गरी देहायमा उल्लेखित कागजातहरु संलग्न गरी प्रत्येकको छुुट्टा छुट्टै सूची तयार गर्नु पर्ने छ । जसलाई मौजुदा सूची भनिन्छ ।
• संस्था वा फर्म दर्ताको प्रमाणपत्र
• स्थायी लेखा नम्वर वा मूल्य अभिवृद्घि कर दर्ताको प्रमाणपत्र
• कर चुक्ता प्रमाणपत्र
• आवश्यकता अनुसारको व्यावसायीक ईजाजतपत्र

मौजुदा सूचीबाट गराउन सकिने कामहरु
• तोकिएको रकम भन्दा कम रकमको परामर्श सेवा
• तोकिएको रकमको फुट्कर खरिदमा
• जनचेतना सम्बन्धी तालिम, अभिमुखीकरण, सवलीकरण, मूलप्रवाहीकरण जस्ता कार्य र
• छिटोछरितो, प्रभावकारी र मितव्ययी किसिमले गर्न सकिने कार्य

लागत अनुमानको स्वीकृति
(क) मालसामान, निर्माण कार्य र अन्य सेवाको लागत अनुमानको स्वीकृति
• १ करोड रुपैयाँसम्मको – राजपत्राङ्कि तृतीय श्रेणिको कार्यालय प्रमुखबाट
• ५ कराड रुपैयाँसम्मको – राजपत्राङ्कित द्वितीय श्रेणिको कार्यालय प्रमुखबाट
• १० कराड रुपैयाँसम्मको – राजपत्राङ्कित प्रथमश्रेणिको कार्यालय प्रमुखबाट
• १० करोड रुपैयाँ भन्दा बढीका – विभागीय प्रमुख प्रमुखबाट
(ख) परामर्श सेवाको लागत अनुमानको स्वीकृति
• १० लाख रुपैया सम्मको – राजपत्राङ्कित तृतीय श्रेणिको कार्यालय प्रमुखबाट
• २५ लाख रुपैयां सम्मको – राजपत्राङ्कित द्वितीय श्रेणिको कार्यालय प्रमुखबाट
• ५० लाख रुपैयां सम्मका – राजपत्राङ्कित प्रथम श्रेणिको कार्यालय प्रमुखबाट
• ५० लाख रुपैयां भन्दा बढीको – विभागीय प्रमुखबाट

उत्पादक वा अधिकृत बिक्रेता द्वारा निर्धारित दरमा गरिने खरिद (Catlog/ Brochure)
(मालसामान वा वस्तुको (Catlog/ Brochure) हेरेर प्रस्ताव माग गरी गरिने खरिद)
• सार्वजनिक निकायले हेवी ईक्वीपमेन्ट, सवारी साधन, औजार, मेसिनरी, उपकरण, एक्स-रे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचार यन्त्र वा यस्तै अन्य यन्त्रिक मालसामानहरू त्यस्तो समानस्तरको मालसामान उत्पादन वा वितरण गर्ने उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताहरूको बढिमा पन्ध्र दिन सम्मको लिखित सूचना दिई निवेदन लिई सूची तयार गर्ने ।
• सूचनामा उल्लेख भए बमोजिमको मालसामान बिक्री गर्न चाहने उत्पादक कम्पनी वा आधिकारिक बिक्रेताले उत्पादनको आधिकारिक स्पेशिफिकेशन, गुणस्तर मूल्य र सुविधासहितको विवरण (Catlog/ Brochure) संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने छ ।
• यसरी तयार भएको सूची मध्येबाट मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरणसहितको आर्थिक प्रस्ताव माग गरी सोको मूल्याङ्कनसमेत गरेर न्यूनतम मूल्याङ्कित सारभूत प्रभावग्राही प्रस्तावदातको छनौट गरी कार्य सम्पादन जमानत लिई खरिद सम्झौता गरी गरिने खरिद ।

सीमित बोलपत्र (Limited Tendring)
• सीमित मात्रामा उपलब्ध भएको वा हुने कुनै मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा खरिद गर्नु परेमा यो विधि अपनाइन्छ ।
• खरिदको प्रकृतिसँग मिल्दोजुल्दो आपूर्तीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकहरु तीन वा कम सङ्ख्यामा उपलब्ध भएको अवस्थामा यकिन गरी त्यस्ता आपूर्तीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकहरुबीच मात्र प्रतिस्पर्धा हुनेगरी पन्ध्र दिनको बोलपत्र आह्वानको सूचनाको माध्यमद्घारा बोलपत्र वा प्रस्ताव माग गरी खरिद गर्न सकिने छ ।
• बहुवर्षीय खरिद सम्झौता गर्नु पर्ने खरिदमा यो विधि प्रयोग गर्न सकिने छैन र यो विधिबाट खरिद गर्दा एक तह माथिको अधिकारीको पूर्वस्वीकृति लिनु पर्ने छ ।

नयाँ लिने पुरानो दिने (Bye Back Method)
(पत्रु (Scarp) मालसामान दिई नयाँ मालसामान लिने)
• सार्वजनिक निकायले आफ्नो स्वामित्वमा रहेको कुनै सवारी साधन, औजार, मेशिनरी उपकरण, यन्त्र, रसायन, मल, विषादी वा यस्तै प्रकृतिका अन्य मालसामानहरूको उत्पादक कम्पनीले तोकेको वारेन्टी, ग्यारन्टीको समयसिमा अवधि पुरा भएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याउँदा लागत प्रभावग्राही नहुने वा पुनः प्रयोग गर्न नमिल्ने औचित्यहीन हुने र त्यस्ता मालसामान जनस्वास्थ्य वा वातावरणीय दृष्टिले भण्डारण गरी राख्न वा लिलाम गर्न समेत उपयुक्त नहुने अवस्था भएमा त्यस्तो अवस्थाको यकिन गरी पुरानो मालसामान सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्तालाई फिर्ता दिई सोही प्रकृतिको नयाँ मालसामान सोही उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्ताबाट सट्टापट्टा गरी खरिद गर्न सकिने व्यवस्था (Bye Back Method) हो ।
• यसरी खरिद गर्दा पुरानो मालसामानको मूल्याङ्कन प्रस्ताव लिई नयाँ मासमानको मूल्यमा कट्टा गरी खरिद सम्झौता गर्नु पर्ने छ ।
• यस्तो मालसामान मान्यता प्राप्त संस्थाबाट गुणस्तर प्रमाणित भएको हुनुपर्ने छ ।
• यो विधिबाट खरिद गर्न मालसामानको सूची तयार गरी विभागीय प्रमुखबाट स्वीकृति लिई मात्र गर्नु पर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस