बंगलादेशमा भीषण आगलागी, १० हजार मानिस विस्थापित « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बंगलादेशमा भीषण आगलागी, १० हजार मानिस विस्थापित


१ भाद्र २०७६, आइतबार


ढाका । बंगलादेशको राजधानी ढाकास्थित हजारौं सुकुम्बासीहरु रहेको बस्तीमा आगलागी हुँदा कम्तिमा १० हजार मानिस विस्थापित भएका छन् ।

अधिकांश मानिस ईद मनाउन घर बाहिर गएकाले मानवीय क्षति नभएको बताइन्छ । केही मानिस घाइते छन् । अग्नी नियन्त्रक कार्यालयका अधिकारी इर्साद होस्सेनका अनुसार भीषण आगलागीले २ हजार घर ध्वस्त बनाएको छ ।

यहाँका बासिन्दा घरमै भएको अवस्था भए ठूलो मानवीय क्षति हुनसक्ने अनुमान अधिकारीको छ । घटनापछि यहाँका १० हजार जतिलाई नजिकैका स्कुलमा अस्थायी बसोबासको लागि राखिएको छ ।

त्यहाँ खाना, पानी, ट्वाइलेट, विद्युत् लगायत सुविधा उपलब्ध गराइएको पनि अधिकारीले बताएका छन् । अलजजिराका अनुसार त्यस क्षेत्रमा २० वर्षदेखि सुकुम्बासीहरु बसोबास गर्दैआएका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस