सूचनाको हकसम्बन्धी विधेयक पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सूचनाको हकसम्बन्धी विधेयक पारित


३१ श्रावण २०७६, शुक्रबार


हेटौँडा । प्रदेश नं–३ को प्रदेशसभा अन्तर्गत रहेको प्रदेश मामिला समितिले सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । समितिको आज बसेको बैठकले उक्त विधेयक समितिमा पारित गरेर प्रदेशसभामा लैजाने तयारी गरेको हो ।

यसैबीच प्रदेशसभाका विभिन्न समितिमा छलफलका लागि रहेका ५ वटा विधेयकमा दफावार छलफल चलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । उनका अनुसार आगामी भदौ ८ गते बस्ने प्रदेशसभाको बैठकमा केही विधेयक पारित गर्न छलफलका लागि ल्याइने भएको हो ।

प्रदेश सरकारले विसं २०७६/७७ का लागि ल्याइएको नीति कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार एकीकृत कृषि कार्यक्रम, पर्यटन क्षेत्रको विकास, राष्ट्रिय गौरव आयोजनाको निमार्ण गर्ने र प्रदेशका केही जिल्लामा नयाँ औद्योगिक क्षेत्रको स्थापनाका लागि तत्काल कार्ययोजना तर्जुमा गरी लागू गर्नेतर्फ प्रयास जारी रहने र दृृढताका साथ कार्यन्वय गर्ने लक्ष्य राखिएको सचेतक फुयाँलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस