जैविक विविधता « प्रशासन

जैविक विविधता


प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ११:३०

परिचय :
– प्रतिएकाइ क्षेत्रमा विद्यमान जीवित जीवाणु, वंशाणुगत, प्राणी र त्यहाँको पारिस्थितिक प्रणालीलाई जैविक विविधता भनिन्छ ।
– विभिन्न स्वरूपमा जीवन्तता पाएका जीव तथा वनस्पतिहरूको अनेकता र तिनीहरू बीचकोे अन्तरसम्बन्धको समष्टिलाई जैविक विविधता भनिन्छ ।
– पृथ्वीमा रहेका जीवित प्राणी तथा वनस्पतिबिचको भिन्नता, प्रकार तिनीहरूका जम्मा सङ्ख्या र तिनीहरूबिचको संयोजनलाई जैविध विविधता भनिन्छ ।
– जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो ।ू
– वातावरण संरक्षण ऐन २०५३ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणुु विविधता सम्झनु पर्दछ ।
– जैविक विविधताको पहिलो पटक प्रयोग गर्ने व्यक्ति इ.ओ. विल्सन हुन ।
– जैविक विविधताको प्रचलन सन १९८० को दशकमा आएको मानिन्छ ।
जैविक विविधताको किसिम ः
– जैविक विविधताको किसिमलाई देहाय बमोजिम ३ किसिममा विभक्त गरिएको छ ।
१) प्रजातीय विविधता : 
– एक आपसमा प्रजनन गर्न सक्षम जीवहरूको समूहलाई प्रजाति भनिन्छ र तिनीहरूको अनेकता र अन्तरसम्बन्धलाई प्रजातीय विविधता भनिन्छ ।
– अर्को अर्थमा कुनै एक जातिभित्रको विभिन्न प्रजातिहरूको भिन्नतालाई नै प्रजातीय भिन्नता भनिन्छ ।
– प्रजाति अन्तर्गत मानिस, चराचुङ्गी, सम्पूर्ण जनावर, वनस्पति इत्यादिलाई बुझिन्छ ।
– हिमाल, पहाड, तराईमा पाइने वनस्पति, मानिस, वा अझै भन्नुपर्दा जीवित जीवजन्तुमा रहने विविधता लाई नै प्रजातीय विविधता भनिन्छ ।
– हिमालमा बस्ने मानिस, पहाडमा बस्ने मानिस, र तराइमा बस्ने मानिसको स्वरूप, खानपिनमा पर्ने फरक वास्तवमा प्रजातीय विविधताको उदाहरण हो ।
२) वंशाणुगत विविधता :
– सामान्य अर्थमा एउटै प्रजातिमा विभिन्न गुण अटाउनुलाई वंशाणुगत विविधता भनिन्छ ।
– कुनै पनि जीवजन्तुको एउटै जातिबिचको वंशाणुगत विविधतालाई वंशाणुगत विविधता वा आनुवंशिक विविधता भनिन्छ ।
– वंशाणुगत विविधता डी.एन.ए को कारणले हुन्छ ।
– पुर्ख्यौली गुणहरू भावी पुस्तामा देखा पर्ने गरिन्छ ।
– हिमाली क्षेत्रमा बस्ने मानिस र तराईमा बस्ने मानिस तथा अन्य जीवित जीवजन्तुको तातो चिसो खप्ने क्षमता हुनु वंशाणुगत विविधताको कारणले हो ।

३) पारिस्थितिकीय प्रणालीको विविधता :
– सामान्यतया जीवजन्तुको वासस्थान आ–आफ्नो क्षमता र अनुकूलता अनुसार मिलेर जीवनयापन गर्नुलाई पारिस्थितिकीय प्रणालीको विविधता भनिन्छ ।
– जीवित जीवजन्तुहरू परिस्थिति अनुसार फरक फरक पाइनुलाई पारिस्थितिकीय प्रणालीको विविधता भनिन्छ ।
– हिमालमा पाइने रुख, पडाडमा पाइने रुख, तथा अन्य जीवित प्राणीमा फरक पाइनुलाई पारिस्थितिकीय प्रणालीमा भएको विविधता भन्न सकिन्छ ।

अन्त्यमा,
वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जैविक विविधताको संरक्षण र सदुपयोग गरी पारिस्थीतिकीय सन्तुलन कायम गराउनु पर्ने आजको आवश्यकता हो । जैविक विविधताका कारण प्राप्त सकारात्मक उपलब्धिहरूको प्रयोग गरी आज विश्वमा ज्वलन्त विषयको रूपमा देखिँदै आइरहेको जलवायु परिवर्तन, तापक्रममा भएको वृद्धि, कार्बन व्यापारमा न्यूनीकरण गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस