वायोमेट्रिक प्रणालीबाट सुविधा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वायोमेट्रिक प्रणालीबाट सुविधा


२९ श्रावण २०७६, बुधबार


इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।

सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौँ तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख बिन्दाकुमारी नेपालले बताइन्।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । यसबाट बीचमा मान्छे घुस्ने, पालो मिच्नेजस्ता कार्य निर्मूल हुने छ । उक्त वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले सात लाख बराबरको बजेट विनियोजन गरेको थियो ।

सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आउनुभएका लीला बस्नेतले उक्त मेसिन आएपछि केही हदसम्म सहज भएको बताइन् । उनले भनिन्, “दिनभरिको लाइन र घाममा बस्नुपर्ने स्थिति रहेन, केही हदसम्म सहज भयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस