पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने प्रशासनको निर्णयप्रति व्यवसायीको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने प्रशासनको निर्णयप्रति व्यवसायीको आपत्ति


२८ श्रावण २०७६, मंगलबार


काठमाडौँ। पार्टी प्यालेस ब्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् ।

स्थानीय प्रशासनको निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

तत्काल माग नसच्याएमा केन्द्र, प्रदेश, स्थानीय तह तथा राजनीतिक दलले आयोजना गर्ने सबै प्रकारको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

तीजको मौलिकतामाथि नै आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साङ्गीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटेल एवं पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमलगायतका खर्चिला कार्यक्रमले हिन्दु नारीहरूले मनाउने मौलिक चाडको मौलिकतामाथि नै प्रश्न उठाएको भनी प्राप्त ध्यानाकर्षण पत्रपछि केही जिल्ला स्थित प्रशासन कार्यालयहरुले सूचना जारी गरेका थिए ।

समाजमा बढ्दो तडकभडकलाई न्यून गर्न, ध्वनि प्रदूषण हुन नदिन, फजुल खर्चलाई कटौती गर्न तथा समाजको मौलिक परम्परा गजेर्ना गर्ने किसिमले नेपाली मौलिक परम्परा र समाजको सहनशीलताको तहसमेतलाई ख्याल गरी मौलिक परम्परा अनुसार तीन मनाउन प्रशासनले आग्रह गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस