मानविकी अन्तर्गतको स्नातक पनि चारवर्षे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मानविकी अन्तर्गतको स्नातक पनि चारवर्षे


२८ श्रावण २०७६, मंगलबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो ।

बोर्ड बैठकका अनुसार ब्याचलर इन आर्ट्स (बीए) मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए । अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन चारवर्षे पाठ्यक्रम बनाइएको हो । अब बीएमा दुई हजार पूर्णाङ्क हुने छ । यसअघि एक हजार पाँच सय पूर्णाङ्क थियो ।

७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस