म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने तीन पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने तीन पक्राउ


२७ श्रावण २०७६, सोमबार


पक्राउ

जनकपुरधाम । म्यासेनजरबाट प्रश्नपत्र आउट गर्ने तीन जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ४ बाट एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका हुन्।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरद्वारा आउट गरी नजिकै रहेको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस