‘समृद्धिमा लाग्ने बेला आयो’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘समृद्धिमा लाग्ने बेला आयो’


२६ श्रावण २०७६, आइतबार


मध्यपुरथिमि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले असल सोचका साथ देशको विकास र समृद्धिमा लाग्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता स्व श्यामबहादुर कार्कीको १२औँ स्मृति दिवसका अवसरमा आज बालकोटमा आयोजित कार्यक्रममा उनले समाजलाई सकारात्मक मार्गमा डो¥याउन युवा अगाडि बढ्नुपर्ने बताए ।

गणेश आधारभूत प्रावि बालकोटका ८६ जना बालबालिकालाई पोशाक एवं स्टेशनरी सामान वितरण गरिएको श्यामबहादुर कार्की प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला पार्टी सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल लगायतले स्व कार्कीले समाज, पार्टी र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रममा ९९ जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस