सिँचाइ डिभिजन प्रमुखसहित ४ जना विरुद्ध मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिँचाइ डिभिजन प्रमुखसहित ४ जना विरुद्ध मुद्दा


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । सिँचाइ विकास डिभिजन कार्यालय गौर, रौतहटका डिभिजन प्रमुख अजित श्रीवास्तवसहित ४ जना विरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४/०७५ मा बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनामा कुनै कामै नगरी फर्जी बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।

तत्कालीन डिभिजन प्रमुख श्री वास्तव, तत्कालीन इन्जिनियर नवीनकुमार यादव, तत्कालीन सब–इन्जिनियर सञ्जय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुविरुद्ध ३ लाख ७२ हजार बिगो कायम गरिएको छ।

फिल्डमा काम भएभन्दा बढी तथा नभएकै कामको झुटा बिल तयार गरी पेस गरेको प्रमाणित भएको अख्तियारको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस