कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु


२० श्रावण २०७६, सोमबार


कायरो । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् ।

उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ ।

दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस