सीडीओले गरे पुलिसको प्रशंसा, जवानसँगै बसेर खाए खाजा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीडीओले गरे पुलिसको प्रशंसा, जवानसँगै बसेर खाए खाजा


२० श्रावण २०७६, सोमबार


डोटी । डोटी जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न नेपाल प्रहरीले अहम भूमिका निर्वाह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन गर्दै प्रजिअ पौडेलले सो कुरा बताएका हुन ।

उनले भने ‘प्रहरी कर्मचारीहरूको सुत्ने व्यवस्था उचित छैन, उच्च प्रहरी अधिकृतहरू सुत्नको लागि आफ्नो भवन छैन, न त पर्याप्त मात्रामा कर्मचारी दरबन्दी नै छ तर पनि शान्ति सुरक्षा कायम कायम गर्दै सामाजिक विकृति तथा विसङ्गतिका विरुद्धमा महत्त्वपूर्ण भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेको छ ।’

अनुगमन पश्चात् प्रजिअ पौडेलले नेपाल प्रहरीले गरेको राम्रो कामको प्रशंसा गर्दै यावत समस्याका बाबजुद पनि सेवा प्रवाहका साथै आपतकालिन घटनाहरूमा कुनै समस्या हुन नदिएको बताए ।

उनले प्रहरीलाई राष्ट्र र जनताको सुरक्षाका लागि समर्पित रही कर्तव्य निष्ठ भई काम गर्न चनाखो आस्थामा रहन सुझाव दिए ।

डोटी जिल्लाका ग्रामीण क्षेत्रमा रहेका प्रहरीका भवनहरू सुधार भए पनि जिल्ला प्रहरी कार्यालय भनव तथा ब्यारेकको अवस्था भने अझै उस्तै छ ।

हाल डोटीमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका अपरपोष्ठ, प्रहरी चौकी, इलाका प्रहरी चौकी गरी १० वटा स्थानमा आफ्ना कार्यालय भवन भए पनि ८ स्थानमा आफ्ना भवन छैनन् ।

भौतिक संरचना मात्र नभई कर्मचारीको अभाव पनि त्यस्तै छ ।

३ सय ९६ जनाको दरबन्दी रहेको डोटीमा हाल विभिन्न दर्जाका गरी करिब ७० जनाको पदपूर्ति हुन सकेको छैन । अबको केही समय पछि जिल्ला प्रहरी कार्यालयको भवन निमार्णको लागि टेन्डर प्रक्रिया अगाडी बढ्ने हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यदि समयमै जिल्लाको भवन निर्माण हुन सके केही समस्याहरू समाधान हुने प्रहरी अधिकारीहरूको भनाई छ ।

प्रजिअ पौडेलले अनुगमन पश्चात् बिहानको खाना प्रहरी जवाहरुको मेसमा सँगै बसेर खाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस