पूर्वमन्त्रीलाई विमानमै हृदयघात « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्रीलाई विमानमै हृदयघात


१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । पूर्वमन्त्री तत्पबहादुर विष्टलाई हवाई यात्राका क्रममा विमानमै हृदयघात भएको छ।

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको हवाई जहाजमा नेपालगन्जबाट काठमाडौँ आउने क्रममा हृदयघात भएको हो।

विष्टलाई विमानमै हृदयघात भएपछि अपरान्ह पौने चार बजे भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

मन्त्री विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ।

उनको स्वास्थ्य जाँचपछि अवस्था सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ

Tags :
प्रतिक्रिया दिनुहोस