पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा


१९ श्रावण २०७६, आइतबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक भएको छ । हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक ‘सन्देश संग्रह’ विमोचन गरेकी हुन् ।

नेपालमा भएका प्राकृतिक विपत्तिमा विभिन्न समयमा ट्रष्टले राहत उपलब्ध गराउँदै आएको उनले बताइन् । विक्रम संवत २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको पूर्वराजाको सन्देशमा उल्लेख छ ।

पुस्तक बिक्रीबाट उपलब्ध रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने शाहले बताएकी छन् । ट्रष्टको संरक्षकमा पूर्वराजा ज्ञानेन्द्र शाह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस