पुलिस एम्बुलेन्स ! « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पुलिस एम्बुलेन्स !


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


काठमाडौँ । वर्षायामको सुरुवातसँगै नेपालको पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूमा प्राकृतिक विपत्तिको त्रास बढ्न थाल्छ । पहाडमा पहिरोको पिर त तराईमा बाढीको कहर । खोलाको बाटो अतिक्रमणदेखि असारे र डोजरे विकासले यहाँका बासिन्दाहरूलाई थप जोखिममा पार्दै आएको छ ।

पहाडी जिल्लाहरूमा प्राकृतिक विपत्तिमा परेका मानिसहरूको उद्धारमा निकै कठिनाइ हुने गरेको छ । बाटोघाटोको असुविधाका कारण विपद्पछिको उद्धार तथा उपचार कार्य अझ धेरै जटिल छ ।

पूर्वतयारीबारे सरकार तथा स्थानीय स्वयंमा सजगकता नअपनाउँदा बढी नै जनधनको क्षति व्यहोरीरहेको अवस्था छ ।

बिहीबार साँझ बाजुराको गौमुल छ, बसला शान्ति टोलस्थित जंगे चदराको घरमा माथिबाट आएको पहिरोले उनकी २६ वर्षिया श्रीमती निरुता चदरा र ६ वर्षिया छोरी किस्मिता चदारको घटनास्थलमै मृत्यु भयो भने ४ जना घाइते भए ।

गम्भीर घाइते जंगे चदाराको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि स्थानीयको सहयोगमा पहरीले जिल्ला अस्पतालसम्म पु¥याएर उपचार भइरहेको छ । बिरामीलाई प्रहरीले नै स्टेचरमा राखेर अस्पताल पु¥याएको थियौँ ।

पहाडी जिल्लाहरूमा अधिकांश गाउँहरुलाई सडकले छुन सकेको छैन भने सडक विस्तार भएका ठाउँहरुमासमेत वर्षातले गाडी चल्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा प्रहरी नै एम्बुलेन्स बनेर बिरामीको उद्धार तथा उपचार गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस