सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता


१६ श्रावण २०७६, बिहिबार


Shankar pokhrel

काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं ५ ले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।

प्रदेशको सार्वजनिक प्रशासनलाइ जनमुखी, जबाफदेही, पारदर्शी, समावेशी एवम् सहभागितामूलक बनाई त्यसको प्रतिफल जनतालाई उपलब्ध गराउन बिहीबार मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभा समक्ष पेस गरेका हुन् ।

विधेयकमा कानुनको शासन कायम गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने व्यवस्था सिर्जना गर्न, सुशासन पाउने नागरिक अधिकार सुनिश्चित गर्न विधेयक आवश्यक भएको भनिएको छ ।

विकास प्रशासनलाई गुणस्तरीय, नतिजामूलक र अनुमानयोग्य बनाउने तथा प्रशासन संयन्त्रलाई प्रदेश सरकारको कार्यसम्पादनको महत्त्वपूर्ण र जिम्मेवार संयन्त्रको रूपमा विकास गर्न आवश्यक भएकोले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेस गरेको छु मुख्यमन्त्री पोखरेलले पेस गरेको प्रस्तावमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस