खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु


१६ श्रावण २०७६, बिहिबार


बारा । प्रसौनी गाउँपालिका-४ खोट्वा टोलस्थित दुधौरा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका बस्ने इब्राहिम अंसारीको १० वर्षीय छोरा साहिल अंसारी र अजमुरला अंसारीको १२ वर्षीय छोरा अरमान अंसारी रहेका छन् ।

उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरुको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस